२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनाइटेड इदि मर्दिको नाफा १०८.०५ प्रतिशतले बढ्यो

युनाइटेड इदि मर्दिको नाफा १०८.०५ प्रतिशतले बढ्यो

365
Shares

काठमाडौं – युनाइटेड इदि मर्दि एण्ड आरबी हाईड्रोपावर लिमिटेडको आम्दानी बढेसँगै नाफा बढेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म विद्युत बिक्रीमार्फत १८ करोड २ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १२.७८ प्रतिशतले बढी हो ।

विद्युत बिक्री आम्दानीमा आएको सुधारका कारण कम्पनीको खुद नाफा १०८.०५ प्रतिशतले बढेर ५ करोड ५७ लाख पुगेको छ । कम्पनीले यो अवधिमा ४ करोड ७४ लाख रुपैयाँबराबरको कुल सञ्चालन खर्च गरेको छ । यस्तै गैर सञ्चालन खर्च भने ९ करोड ७९ लाखबाट घटेर ७ करोड ७१ लाखमा सीमित बनेको छ ।

कम्पनीको चुक्तापूँजी ४६ करोड ३८ लाख रुपैयाँ रहेकोमा रिजर्भको आकार ५ करोड ८० लाख रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)११.५३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११२ र मूल्य आम्दानी अनुपात ४४.८४ गुणा कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij