२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

धनुषा डिष्टिलरीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

धनुषा डिष्टिलरीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

615
Shares

काठमाडौं– धनुषा डिष्टिलरी लिमिटेडद्वारा सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । सेयर निष्काशनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।
यसै सन्दर्भमा, बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा धनुषा डिष्टिलरीको तर्फबाट अध्यक्ष किसन कुमार धनावत र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कम्पनीले भविष्यमा जारी पूँजीको २० प्रतिशत साधारण सेयर सर्वसाधारणहरुलाई बिक्री गर्न लागिएको हो ।

सन् १९९८ मा स्थापना भएको यस कम्पनीले उद्योग विभागबाट उत्पादन तथा बजारीकरणको दर्ता प्रमाणपत्र प्राप्त गरी गुणस्तरीय मदिरा उत्पादन गर्दै आएको छ । कम्पनीको वार्षिक उत्पादन क्षमता ९१,८०,००० लिटर रहेको छ । हाल कम्पनीले मुख्य रूपमा प्रिमियम ब्रान्डका मुस्ताङ गोल्ड ह्विस्की र मुस्ताङ भोड्का उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।

आगामी दिनमा कम्पनीले थप नयाँ उत्पादनहरू बजारमा ल्याउने तयारी गरेको छ । साथै, उत्पादनको गुणस्तर कायम राख्दै उत्पादनको विविधीकरण र विस्तार गर्ने तथा नेपाली बजारसँगै अन्तर्राष्ट्रिय बजारमा समेत प्रतिस्पर्धा गर्न सक्षम हुने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij