काठमाडौं – त्रिशक्ति सेक्युरिटिज लिमिटेड (स्टक ब्रोकर नं. ४८) ले योग्य ग्राहकका लागि मार्जिन कारोबार सुविधा सञ्चालनमा ल्याएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डको ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२’ तथा प्रचलित नियामकीय व्यवस्थाअनुसार सेवा सुरू गरेको जनाएको छ।
कम्पनीका अनुसार तोकिएका मापदण्ड पूरा गर्ने ग्राहकले उपलब्ध सीमाभित्र रहेर मार्जिन कारोबार गर्न सक्नेछन्।
इच्छुक ग्राहकले काठमाडौंस्थित मुख्य कार्यालयसहित पोखरा, महेन्द्रनगर, धनगढी, हेटौंडा, बुटवल, बनेपा, ललितपुर र भक्तपुर शाखाबाट मार्जिन कारोबार खाता खोल्न सक्नेछन्।
मार्जिन सीमा, ब्याजदर, योग्य धितोपत्र, आवश्यक मार्जिन तथा अन्य शर्तबारे कम्पनीबाट जानकारी लिन सकिनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij