काठमाडौं- साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सकारात्मक भएर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.७९ अकंले बढेर २६४१.८५ बिन्दुमा कायम भएको छ । आज दिनभरिमा ३४० कम्पनीको ९५ लाख ३४ हजार २२१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोड माथिको शेयर कारोबार भएको छ ।
मंगलबार १३३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२२ कम्पनीको घटेको छ । २० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
१३ उपसमूहमध्ये यस दिन छ उपसमूहको परिसूचक बढेको छ भने सात उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।
आज सबैभन्दा धेरै सोलु हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४४ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ३३ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको १७ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij