२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालय ऊर्जा विकास कम्पनीको खुद नाफा १५ करोड १४ लाख

हिमालय ऊर्जा विकास कम्पनीको खुद नाफा १५ करोड १४ लाख

460
Shares

काठमाडौं – हिमालय उर्जा विकास कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्म १५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३२९.०५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको विद्युत बिक्री आम्दानी ५३.६७ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म ४८ करोड ६४ लाख रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीको आम्दानी ३१ करोड ६५ लाख रहेको थियो । कम्पनीको रोयल्टी खर्च ९७ लाख २९ हजार रहेको छ । यस्तै प्रशासनिक तथा अन्य प्रत्यक्ष खर्च ४ करोड ११ लाखबाट बढेर ११ करोड ५१ लाख पुगेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)७.५७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९८.१३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८१.३७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २९.९२ गुणा र तरलता अनुपात३२.४२ प्रतिशत कायम भएको छ ।

यद्यपी कम्पनीको वित्त खर्च भने घटेको छ । अघिल्लो आवमा १३ करोड ९० लाख रहेको वित्त खर्च ७ करोड ४१ लाखमा सीमित बनेको छ ।यो अवधिसम्म कम्पनीको रिजर्भको आकार भने ३ करोड ७० लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । यस्तै कम्पनीको कुल चालु सम्पत्ति ३४ करोड २० लाख र कुल चालु दायित्व १ करोड ५ लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij