काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टोलीको कप्तान नियुक्त गरेको छ। क्यानले रोहितकुमार पौडेलको स्थानमा सन्दीप लामिछानेलाई कप्तान नियुक्त गरेको हो।
सन्दीपले चार वर्षपछि कप्तानमा पुनरागमन गर्दा मलेसियामा हुने एसिसी प्रिमियर कपमा नेपाली टोलीको नेतृत्व गर्नेछन्। प्रिमियर कप एकदिवसीय फर्म्याटमा हुनेछ। यो एसिया कप छनोट समेत हो।
प्रिमियर कपका लागि क्यानले राष्ट्रिय टोली समेत घोषणा गरेको छ। टोलीमा कुशल भुर्तेल र सोमपाल कामी भने छैनन्। एकदिवसीय टोलीमा देव खनाल र बसिर अहमदको पुनरागमन भएको छ। यस्तै आरिफ शेख पनि हटाइएका छन्। भीम सार्की पनि टोलीमा छैनन् भने शेर मल्ल एकदिवसीय टोलीमा अटाएका छन्।
नेपाली टोली
१ सन्दीप लामिछाने (कप्तान)
२ आसिफ सेख
३ अर्जुन कुमाल
४ रोहित पौडेल
५ देव खनाल
६ दीपेन्द्र सिंह ऐरि
७ बसिर अहमद
८ ईशान पाण्डे
९ गुलशन झा
१० सेर मल्ल
११ ललित राजवंशी
१२ करण के सी
१३ हेमन्त धामी
१४ सन्दीप जोरा
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij