२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ह्याप्पी इनर्जीले आईपीओ निष्कासन गर्ने

ह्याप्पी इनर्जीले आईपीओ निष्कासन गर्ने

625
Shares

काठमाडौं – ह्याप्पी इनर्जी लिमिटेडले आईपीओ निष्कासनको तयारी अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ ।
साउन २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी भदौ २५ गते काठमाण्डौको हाँडीगाँउमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।

उक्त सभामा सर्वसाधारणलाई छुट्टाइएको सेयर निष्कासन गर्ने र कम्पनीले प्रवद्र्धन गर्दै रहेका आयोजनाका लागि आवश्यक पर्ने कर्जा सुविधा लिने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

यस्तै सभामा आव २०८२/८३ को सञ्चालक समितिको तर्फबाट तयार गरिएको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र उक्त अवधिका वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij