२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तेह्रथुम पावरको नाफा बढ्यो

तेह्रथुम पावरको नाफा बढ्यो

560
Shares

काठमाडौं – तेह्रथुम पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्ला आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ८ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८८.४० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ ४२ पैसा बढेर ११ रुपैयाँ १७ पैसा पुगेको छ। चौथो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१.२५ गुणा रहेको छ।

८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष २ करोड ९० लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो कोष १५ करोड ४१ लाख रुपैयाँ ऋणात्मक थियो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १७.८६ प्रतिशत बढेर १८ करोड २६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा २४.१९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २२.३८ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ६२.०२ प्रतिशत घटेको छ जसका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij