२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन सांग्रिला डेभलपमेन्ट बैंकको आग्रह

पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन सांग्रिला डेभलपमेन्ट बैंकको आग्रह

465
Shares

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो लाभांश रकम बुझिलिन सम्बन्धित शेयरधनीलाई आग्रह गरेको छ ।

बैंकले विगतका साधारणसभाबाट पारित भए बमोजिम गत आर्थिक वर्षसम्ममा पाँच वर्ष अवधि नाघेको तर सम्बन्धित शेयरधनीले नलिएको नगद लाभांश बाँकी रहेको हुँदा काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर रजिष्ट्रार एनआईएमबिएस क्यापिटलमा सम्पर्क गर्न आह्वान गरेको हो ।

अन्यथा त्यस्तो बाँकी नगद लाभांश प्रचलित कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा भइजाने पनि बैंकले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij