२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा

445
Shares

काठमाडौं – लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २६ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २६ हजार ९७८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवेदन दिनु पर्नेछ ।

यस्तो आवेदन डिल्लीबजारमा रहेको बैंकको मुख्य कार्यालयमा लिखित रुपमा दिनु पर्नेछ । निर्धारित समयभित्र कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीका लागि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij