२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दरमखोला हाइड्रो इनर्जीद्वारा साधारण सभा आह्वान

दरमखोला हाइड्रो इनर्जीद्वारा साधारण सभा आह्वान

445
Shares

काठमाडौं -दरमखोला हाइड्रो इनर्जी लिमिटेडले आफ्नो वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समिति साउन २२ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार आगामी भदौ १४ गते आइतबार बिहान ९ बजे काठमाण्डौको अनामनगरस्थित किम्ची रेस्टुरेन्ट एन्ड बैंक्वेटमा सभा आयोजना हुने भएको हो।
सभामा सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यससम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा आर्थिक विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। त्यसैगरी, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ।

सभामा कम्पनीको आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न तथा चालु आर्थिक वर्षमा प्रस्तावित काम, कम्पनीको आगामी योजना तथा अन्य विविध विषयमा समेत छलफल हुने जनाइएको छ। साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij