२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नाट्टा निर्वाचन : जिस्वा तुलाधर श्रेष्ठ समूहको १२ बुँदे प्रतिबद्धता

नाट्टा निर्वाचन : जिस्वा तुलाधर श्रेष्ठ समूहको १२ बुँदे प्रतिबद्धता

450
Shares

काठमाडौं -नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार जिस्वा तुलाधर श्रेष्ठ नेतृत्वको समूहले पर्यटन व्यवसायलाई थप व्यवस्थित, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने १२ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।

‘सबल नेतृत्व, सुरक्षित व्यवसाय–समृद्ध पर्यटनका लागि NATTA’ भन्ने अवधारणासहित सार्वजनिक गरिएको प्रतिबद्धता–पत्रमा अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धन, हवाई टिकट तथा VAT सुधार, नयाँ तथा साना व्यवसायीको संरक्षण, पर्यटन यातायात, डिजिटल प्रविधि, संस्थागत सुधार र आन्तरिक पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिइएको छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धन

श्रेष्ठ समूहले नेपालको प्रमुख आर्थिक गतिविधिका रूपमा रहेको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रभावकारी रूपमा प्रवद्र्धन गर्ने जनाएको छ । विदेशी पर्यटक आकर्षित गर्न B2B तथा अन्य व्यावसायिक माध्यमबाट बजार विस्तार गर्ने र सदस्य ट्राभल कम्पनीलाई विश्वव्यापी बजारसँग जोड्ने प्रतिबद्धता समूहको छ ।

त्यस्तै, IATA तथा टिकटिङ प्रणालीमा सुधार गर्दै टिकटिङमा देखिएका व्यावसायिक समस्या समाधान गर्ने, GDS तथा ADM सम्बन्धी विषयमा व्यवसायीको हित संरक्षण गर्ने र टिकटिङ प्रक्रियालाई सहज बनाउने प्रतिबद्धता गरिएको छ ।

नयाँ तथा साना व्यवसायीलाई ‘सहज व्यवसाय’को वातावरण

घोषणा–पत्रमा नयाँ उद्यमी तथा साना व्यवसायीलाई विशेष प्राथमिकता दिइएको छ । Single Window System मार्फत व्यवसाय सञ्चालनसँग सम्बन्धित सेवा सहज बनाउने तथा नाट्टा Help Desk स्थापना गरी सदस्य तथा नयाँ व्यवसायीलाई आवश्यक सूचना र परामर्श उपलब्ध गराउने योजना अघि सारिएको छ ।

यसलाई पर्यटन व्यवसायमा नयाँ पुस्ताको प्रवेश र साना व्यवसायीको क्षमता विकाससँग जोडिएको छ ।

हवाई टिकटमा VAT हटाउने पहल

समूहको अर्को महत्वपूर्ण प्रतिबद्धता हवाई टिकटमा लाग्ने VAT सम्बन्धी विषय हो । अन्तर्राष्ट्रिय हवाई टिकटमा लाग्ने VAT हटाउन सम्बन्धित सरकारी तथा सरोकारवाला निकायसँग पहल गर्ने प्रतिबद्धता गरिएको छ ।

यससँगै हवाई टिकट तथा पर्यटन सेवाको लागतलाई प्रतिस्पर्धी बनाउन नीतिगत पहल गर्ने समूहको योजना देखिन्छ ।

पर्यटन बस र अन्तरसहर यातायात विस्तार

पर्यटकको सहज आवागमनका लागि पर्यटकीय बस सेवा तथा अन्तरसहर (Intercity) बस कनेक्टिभिटी विस्तार गर्ने विषयलाई पनि प्रतिबद्धता–पत्रमा समेटिएको छ । पर्यटन व्यवसायी, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी पर्यटकीय बस सञ्चालन तथा व्यवसाय विस्तारका लागि पहल गर्ने उल्लेख छ ।

‘Smart NATTA’ : अनलाइन मतदानदेखि डिजिटल सेवा

श्रेष्ठ समूहले नाट्टालाई प्रविधिमैत्री संस्थाका रूपमा विकास गर्ने भन्दै ‘Smart NATTA’ को अवधारणा अघि सारेको छ ।

यसअन्तर्गत नाट्टाका सेवा तथा गतिविधिलाई डिजिटल बनाउने, Online Voting System को परीक्षण गर्ने र सदस्यले संस्थाका सेवा सहज रूपमा प्राप्त गर्न सक्ने प्रणाली विकास गर्ने प्रतिबद्धता गरिएको छ ।

नाट्टाको संरचना पुनर्संरचना

संस्थागत सुधारअन्तर्गत नाट्टाका विभिन्न समितिको पुनर्संरचना गर्ने प्रस्ताव पनि अघि सारिएको छ । यसबाट कार्यसमितिको कामलाई थप प्रभावकारी बनाउने तथा प्रादेशिक तहसँगको समन्वय बढाउने लक्ष्य राखिएको छ ।

अवैधानिक गतिविधि नियन्त्रण र व्यवसायीको संरक्षण

पर्यटन क्षेत्रमा देखिने गैरकानुनी तथा अवैधानिक क्रियाकलाप नियन्त्रणमा पनि समूहले जोड दिएको छ । विशेषगरी विदेशी पर्यटकसँग सम्बन्धित गतिविधिमा देखिने विकृति नियन्त्रण गर्न सरकारी निकायसँग समन्वय गर्ने र पर्यटन व्यवसायको मर्यादा तथा व्यवसायीको हित संरक्षण गर्ने प्रतिबद्धता छ ।

प्रदेशगत पर्यटन र हवाई सञ्जालमा जोड

प्रदेशगत विकास तथा हवाई सञ्जाल सुदृढीकरण पनि घोषणापत्रको महत्वपूर्ण विषय हो । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन तथा अन्तर्राष्ट्रिय उडान विस्तारका लागि पहल गर्ने र प्रदेशगत नाट्टा च्याप्टरलाई थप अधिकारसम्पन्न, सक्रिय तथा आत्मनिर्भर बनाउने प्रतिबद्धता समूहले गरेको छ ।

इनबाउन्ड पर्यटनको जटिलता समाधान

नेपालमा विदेशी पर्यटक भित्र्याउने Inbound Tourism व्यवसायमा देखिएका कानुनी, प्रक्रियागत तथा व्यावहारिक जटिलता समाधान गर्न पहल गर्ने विषय पनि समेटिएको छ । वैदेशिक पर्यटन बजारमा नेपालको पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय साझेदारी तथा बजार प्रवद्र्धनमा जोड दिने समूहको योजना छ ।

व्यवसायीको क्षमता विकास र नाट्टा एकेडेमी

नाट्टालाई केवल व्यावसायिक संस्था नभई ज्ञान तथा क्षमता विकासको केन्द्र बनाउने उद्देश्यले NATTA Academy लाई थप प्रभावकारी बनाउने प्रतिबद्धता गरिएको छ ।
यसअन्तर्गत ट्राभल तथा पर्यटन व्यवसायीका लागि डिजिटल मार्केटिङ, भाषा, AI, संकट व्यवस्थापन तथा आधुनिक प्रविधिसम्बन्धी तालिम सञ्चालन गर्ने उल्लेख छ ।
त्यस्तै, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विभिन्न तहका सरकारसँग सहकार्य गर्दै नयाँ पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धनमा जोड दिने प्रतिबद्धता गरिएको छ ।

श्रेष्ठ समूहमा को–को कुन पदमा ?

नाट्टा निर्वाचनका लागि जिस्वा तुलाधर श्रेष्ठ समूहबाट अध्यक्ष पदमा जिस्वा तुलाधर श्रेष्ठ उम्मेदवार बनेकी छन् । उनको समूहमा पर्यटन तथा ट्राभल व्यवसायका विभिन्न क्षेत्रमा सक्रिय व्यवसायीहरूलाई समेटिएको छ ।

अध्यक्ष : जिस्वा तुलाधर श्रेष्ठ, Swaa Tours and Travel
वरिष्ठ उपाध्यक्ष : बिष्णु पाण्डे, Himalayan Club Tours & Travels
उपाध्यक्ष : प्रज्ञा पाठक शर्मा, Adventure Outdoor Excursion
महासचिव : सुशील पन्त, Gorkha International Travels
सचिव : रमेश घिमिरे, Well Nepal Tours & Treks
कोषाध्यक्ष : कृष्णप्रसाद ढकाल, Kathmandu Holiday Tour & Travel
सह–कोषाध्यक्ष, डा. बिमला दाहाल, Selected Tours & Travel

कार्यसमिति सदस्यतर्फ उम्मेदवार

प्रदीप आचार्य (Duke Nepal Adventure)

सुदर्शन गजुरेल (Pearl Holidays)

दिनेश घिमिरे (Shivalaya Holidays)

त्रिलोचन न्यौपाने (Intel Rosi tour and travel)

अनु राउत (अधिकारी) (Nepal Snow Jewel Travel & Tourism)

रोजिना रञ्जितकार (Rainbow Travels & Tours)

‘सदस्यको विश्वास, एकताबद्ध NATTA, समुन्नत पर्यटन व्यवसाय’
श्रेष्ठ समूहले आफ्नो मुख्य राजनीतिक/व्यावसायिक सन्देशका रूपमा ‘सदस्यको विश्वास, एकताबद्ध NATTA, समुन्नत पर्यटन व्यवसाय’ लाई अघि सारेको छ । समूहको घोषणापत्र हेर्दा तत्कालीन पर्यटन व्यवसायीका समस्या समाधानसँगै नाट्टाको संस्थागत पुनर्संरचना, डिजिटल रूपान्तरण, अन्तर्राष्ट्रिय बजार विस्तार र सदस्यको व्यावसायिक क्षमता विकासलाई मुख्य एजेन्डा बनाइएको देखिन्छ ।

नाट्टा निर्वाचन २०२६–२०२८ मा अध्यक्षका उम्मेदवार जिस्वा तुलाधर श्रेष्ठको नेतृत्वमा प्रस्तुत यो समूहले पर्यटन व्यवसायीको दैनिक व्यावसायिक समस्या समाधानदेखि नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा थप प्रतिस्पर्धी बनाउनेसम्मका विषयलाई आफ्नो मुख्य प्रतिबद्धता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij