२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्थानीय तह र समुदायको साझेदारीमा पोखरेबगरमा प्रतीक्षालय निर्माण

स्थानीय तह र समुदायको साझेदारीमा पोखरेबगरमा प्रतीक्षालय निर्माण

405
Shares

म्याग्दी- अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा स्थानीय तह र समुदायको साझेदारीमा प्रतीक्षालय निर्माण भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको रु तीन लाख र शिख्तानी समाजले प्रदान गरेको रु तीन लाख ८५ हजार ५५० मा प्रतीक्षालय बनाइएको हो । प्रतीक्षालयमा खानेपानीको व्यवस्थाका साथै शौचालय पनि निर्माण गरिएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले राससलाई बताउनुभयो ।

कालीगण्डकी घाटमा दाहसंस्कार गर्न आउने शिख र घारका मलामी तथा बेनी–जोमसोम सडकका यात्री प्रतीक्षालयबाट प्रत्यक्ष रूपमा लाभान्वित हुने छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij