२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि

हुलास फिनसर्भको नाफामा ८४.४५ प्रतिशत वृद्धि

505
Shares

काठमाडौं – हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) ले आर्थिक वर्ष २०८२/८३ (२०२५/२६) मा उत्कृष्ट वित्तीय नतिजा हासिल गरेको जनाएको छ। कम्पनीले यस अवधिमा रु. ३९ करोड ८७ लाख २० हजार खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको रु. २१ करोड ६१ लाख ७० हजार को तुलनामा ८४.४५ प्रतिशतले बढी हो।
कम्पनीका अनुसार यो उपलब्धिले नेपालमा इन्स्टा फाइनान्स (Insta Finance) क्षेत्रमा आफ्नो अग्रणी स्थानलाई अझ मजबुत बनाएको छ। कम्पनीका प्रमुख वित्तीय सूचकहरू निम्नानुसार रहेका छन्।
प्रमुख वित्तीय उपलब्धिहरू
● नाफा वृद्धि :
कम्पनीले रु. ३९ करोड ८७ लाख २० हजार खुद नाफा आर्जन गर्दै अघिल्लो वर्षको तुलनामा ८४.४५ प्रतिशतको उल्लेखनीय वृद्धि हासिल गरेको छ।
● कर्जा लगानी विस्तार :
कम्पनीको कुल कर्जा पोर्टफोलियो ५२.२५ प्रतिशतले वृद्धि भई रु. १२ अर्ब २२ करोड पुगेको छ। यसमा विशेषगरी सवारी साधन वित्तीयकरण (अटोमोबाइल फाइनान्सिङ) ले महत्वपूर्ण योगदान दिएको कम्पनीले जनाएको छ।
● सम्पत्तिको गुणस्तर सुधार :
कम्पनीले निष्क्रिय कर्जा (एनपीएल) अनुपात ३.४० प्रतिशतबाट घटाएर १.८७ प्रतिशतमा झारेको छ। यसले प्रभावकारी जोखिम व्यवस्थापन तथा कर्जा असुली प्रणालीलाई प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ।
● वित्तीय अवस्था सुदृढ :
कम्पनीको कुल सम्पत्ति रु. ८ अर्ब ४३ करोड बाट बढेर रु. १२ अर्ब ६४ करोड पुगेको छ। त्यस्तै, कुल स्वपुँजी (इक्विटी) रु. १ अर्ब ४९ करोड बाट बढेर रु. १ अर्ब ८९ करोड पुगेको छ।
● सञ्चालन कार्यसम्पादन :
शुद्ध ब्याज आम्दानी (Net Interest Income) रु. २२ करोड १० लाख बाट बढेर रु. ४८ करोड ४६ लाख ५० हजार पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी हो। सञ्चालन नाफा पनि रु. ३३ करोड ५२ लाख ८० हजार बाट बढेर रु. ६१ करोड ४६ लाख ८० हजार पुगेको छ।
● प्रमुख वित्तीय सूचकहरू :
वार्षिकीकृत स्वपुँजी प्रतिफल (Return on Equity) १४.५२ प्रतिशतबाट बढेर २१.१२ प्रतिशत पुगेको छ। त्यसैगरी, वार्षिकीकृत आधारभूत प्रतिशेयर आम्दानी (Basic Earnings Per Share) रु. २६.०४ बाट बढेर रु. ४८.०४ पुगेको छ।
● लागत दक्षता र ब्याज अन्तर :
कम्पनीको कोषको लागत (Cost of Funds) ६.४० प्रतिशतबाट घटेर ५.७७ प्रतिशतमा झरेको छ। ब्याजदर अन्तर (Interest Rate Spread) १.९८ प्रतिशतबाट बढेर ३.३९ प्रतिशत पुगेको छ भने कर्जा नोक्सानी व्यवस्थापनका लागि गरिएको प्रावधानको कभरेज ९२.३४ प्रतिशत पुगेको छ।
हुलास फिनसर्भका एक प्रतिनिधिका अनुसार निजी क्षेत्रतर्फ कर्जा विस्तार सुस्त हुनु तथा वित्तीय क्षेत्रमा सम्पत्तिको गुणस्तरसम्बन्धी चुनौती कायम रहँदा पनि कम्पनीले उल्लेखनीय नतिजा हासिल गरेको हो। कम्पनीले आफ्नो सफलता व्यवसाय विस्तार, सञ्चालन दक्षता, प्रभावकारी जोखिम व्यवस्थापन तथा कर्जा असुलीमा केन्द्रित रणनीतिको परिणाम भएको जनाएको छ।
आगामी दिनमा कम्पनीले दिगो कर्जा पोर्टफोलियो विस्तार, सम्पत्तिको गुणस्तर थप सुदृढ बनाउने, कर्जा असुली प्रणालीलाई अझ प्रभावकारी बनाउने तथा लगानी पोर्टफोलियोलाई विविधीकरण गर्ने रणनीतिलाई निरन्तर अघि बढाउने जनाएको छ। साथै, दीर्घकालीन रूपमा सबै सरोकारवालाको हित र मूल्य अभिवृद्धिमा कम्पनी प्रतिबद्ध रहने उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij