२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

माथिल्लो मैलुङ खोला जलविद्युतको खुद नाफा ११ करोड १२ लाख

माथिल्लो मैलुङ खोला जलविद्युतको खुद नाफा ११ करोड १२ लाख

380
Shares

काठमाडौं – माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीका लिमिटेडले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले आम्दानी बढाउदै र खर्च नियन्त्रण गर्दै आफ्नो वित्तीय अवस्थामा सुधार गरेको हो ।

कम्पनीले समीक्षा अवधिसम्म ११ करोड १२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ६८ लाख ३७ हजार रुपैयाँ घाटामा थियो ।

यस्तै कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । अघिल्लो आवमा ३४ करोड ९५ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी ४३ करोड ११ लाख पुगेको छ । यस्तै कम्पनीको कन्स्ट्रक्सन आम्दानी १ करोड ४० हजार रहेको छ । कम्पनीले यो अवधिमा २२ लाख ५७ हजार रुपैयाँबराबरको वित्त आम्दानी गरेको छ ।

कम्पनीको कुल चालु सम्पत्ति ३ करोड २१ लाख र कुल चालु दायित्व १८ करोड ७६ लाख रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)११.१३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १००.५७ रुपैयाँ र तरलता अनुपात १.७१ प्रतिशत कायम भएको छ ।

यस्तै कम्पनीको वित्त खर्च १७ करोड २३ लाखबाट घटेर १३ करोड ५४ लाखमा सीमित बनेको छ । कम्पनीको रिटेन्ड अर्निङ ३० लाख ४६ हजार र अन्य रिजर्भ २६ लाख ६९ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij