२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सपोर्ट लघुवित्तको नाफा १८१.३५ प्रतिशतले बढ्यो

सपोर्ट लघुवित्तको नाफा १८१.३५ प्रतिशतले बढ्यो

490
Shares

काठमाडौं -सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्ष लघुवित्तले ७ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १८१.३६ प्रतिशत बढेको हो। अघिल्लो आर्थिक वर्ष लघुवित्तले २ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३५.५५ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३४.८५ प्रतिशत र सञ्चालन मुनाफा १३४.२५ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड २ लाख हजार रुपैयाँ रिभर्स भएको छ। ६ करोड ७० लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस लघुवित्तको वितरणयोग्य प्रतिशेयर आम्दानी ५० रुपैयाँ ३ पैसा रहेको छ।

१३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १४ करोड ९ लाख रुपैयाँ सञ्चित छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३४ रुपैयाँ ७१ पैसा बढेर ५६ रुपैयाँ ८२ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३२.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ १३ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij