काठमाडौं – सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा एनएमबी क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाले धितोपत्र कारोबार सम्बन्धी सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा अन्य सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु एनएमबी क्यापिटलले गर्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij