२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकहरुलाई पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकहरुलाई पक्राउ नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

765
Shares

काठमाडौं -सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा अन्य सञ्चालकहरुलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ ।

स्मार्ट सेल नामक कम्पनीको ऋण सकार गर्दा धितो लिलाम गरिएको प्रकरणमा अनुसन्धानका लागि भन्दै सीआईबीले गत शुक्रबार नै पक्राउ अनुमति लिएकोमा आज सर्वोच्च अदालतले पक्राउ नगर्न आदेश जारी गरेको हो ।

अदालतले सीआईबीलाई अर्को आदेश नभएसम्म पक्राउ नगर्न र पक्राउ गर्नुको कारणसहित छलफलका लागि एक सातापछि बोलाएको छ । सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले दुबै पक्षको उपस्थितिमा छलफल भई अन्तरिम आदेश जारी हुने वा नहुने प्रश्नको टुंगो नलागेसम्म रिट निवेदकहरुलाई उक्त विषयको अनुसन्धान प्रयोजनको लागि पक्राउ नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियमा ४९ को उपनियम २ बमोजिम यो अल्पकालिन अन्तरिम आदेश जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij