२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

475
Shares

काठमाडौं– नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशक पदका लागि पाँच जना उम्मेदवारको नाम सार्वजनिक गरिएको छ। अर्थ मन्त्रालयको कार्यकारी निर्देशक छनौट तथा सिफारिस समितिले खुला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत ५ जनालाई सर्टलिस्ट (छनौट) गरेको हो।

छनोटमा परेका उम्मेदवारहरूमा अर्जुन कुमार गौतम, गोपाल घिमिरे, पर्वत कुमार कार्की, यज्ञ प्रकाश न्यौपाने र समता पन्त भट्ट रहेका छन् ।

मन्त्रालयले २०८३ साउन २१ गते सार्वजनिक गरेको सूचना अनुसार, उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्यअनुभव र उनीहरूले पेस गरेको व्यावसायिक तथा वित्तीय कार्ययोजनाको मूल्याङ्कनका आधारमा अन्तर्वार्ताका लागि छनोट गरिएको हो।

छनोटमा परेका उम्मेदवारहरूले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आफ्नो व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता दिनुपर्नेछ। यी पाँच जनामध्येबाट समितिले उपयुक्त नाम सिफारिस गर्ने र सोही आधारमा मन्त्रिपरिषद्ले आगामी कार्यकारी निर्देशकको नियुक्ति गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij