२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ज्योति विकास बैंकको खुद नाफा १ अर्ब ५९ लाख, अन्य सूचक यस्ता छन्

ज्योति विकास बैंकको खुद नाफा १ अर्ब ५९ लाख, अन्य सूचक यस्ता छन्

565
Shares

काठमाडौं – ज्योति विकास बैंक लिमिटेडले गत आवको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो आवमा १० करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आवमा ९०५.७५ प्रतिशतको उछाल सहित १ अर्ब ५९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९ करोड ५३ लाख रुपैयाँबाट ११.७७ प्रतिशतले बढेर २ अर्ब ३४ करोड १९ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी बैंकको खुद फी तथा कमिसन आम्दानी १६ करोड २९ लाख रुपैयाँबाट २८ करोड ५२ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी २ अर्ब ४७ करोड ६ लाख रुपैयाँबाट २ अर्ब ८१ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।

आम्दानी बढेपछि बैंकको सञ्चालन मुनाफा पनि ३८ करोड ९८ लाख रुपैयाँबाट ३६०.१५ प्रतिशतले बढेर १ अर्ब ७९ करोड ३७ लाख रुपैयाँ नाघेको छ । यता अघिल्लो आवमा ९९ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य मुनाफा गत आवमा भने १४ करोड ४३ लाख रुपैयाँ धनात्मक भएको छ ।

चुक्ता पूँजी ४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ रहेको बैंकको रिजर्भ कोषमा २ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ सञ्चिति रहेको छ । बैंकको कर्जा प्रवाह ४५ अर्ब २३ करोड ५० लाख रुपैयाँबाट ४९ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने निक्षेप संकलन ६० अर्ब ४८ करोड २५ लाख रुपैयाँबाट ६७ अर्ब २२ करोड ९२ लाख रुपैयाँ पुगेको छ ।
बैंकको प्रतिशेयर आम्दानी २.२८ रुपैयाँबाट बढेर २२.८८ रुपैयाँ पुगेको छ भने खराब कर्जा ७.७५ प्रतिशतबाट घटेर ६.६५ प्रतिशतमा कायम भएको छ । आधार दर ७.१२ प्रतिशतबाट ५.८९ प्रतिशतमा झरेको बैंकको कस्ट अफ फण्ड ३.७६ प्रतिशत र प्रतिशेयर नेटवर्थ १७०.९७ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij