२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्टक ब्रोकर एसोसिएसनको अध्यक्षमा कृष्ण गिरीको उम्मेदवारी घोषणा

स्टक ब्रोकर एसोसिएसनको अध्यक्षमा कृष्ण गिरीको उम्मेदवारी घोषणा

735
Shares

काठमाडौं – स्टक ब्रोकर एसोसिएसन अफ नेपालको आगामी निर्वाचनमा सन सेक्युरिटिज प्रालि (ब्रोकर नं. ६४) का कार्यकारी अध्यक्ष कृष्ण गिरीले ले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
एसोसिएसनका वर्तमान अध्यक्ष सागर ढकालको दुईवर्षे कार्यकाल सकिन लागेसँगै नयाँ नेतृत्व चयनका लागि ब्रोकर व्यवसायीबीच चुनावी सरगर्मी बढेको छ। यही क्रममा गिरीले अध्यक्ष पदका लागि आफ्नो दाबेदारी सार्वजनिक गरेका हुन्।

युवा तथा गतिशील सोचसहित पूँजीबजारलाई थप प्रविधिमैत्री, पारदर्शी र आधुनिक बनाउने प्रतिबद्धताका कारण गिरीलाई ब्रोकरहरूको एउटा समूहले ‘जेन्जी उम्मेदवार’का रूपमा अगाडि सारेको जनाइएको छ।

उनका अनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग समन्वय गर्दै ब्रोकरहरूको व्यावसायिक हित प्रवर्द्धन गर्नुका साथै लगानीकर्ताको हित र सुरक्षालाई प्राथमिकतामा राखिनेछ ।

नीति निर्माण तहमा समेत अनुभव हासिल गरेका गिरीले उम्मेदवारी घोषणासँगै ब्रोकर व्यवसायी, पूँजीबजारका सरोकारवाला तथा निकट सहयोगीहरूसँग छलफल र अन्तरक्रिया तीव्र बनाएका छन्। उनले बजार सुधारसँग सम्बन्धित एजेन्डालाई आफ्नो चुनावी अभियानको केन्द्रमा राख्ने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij