२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महालक्ष्मी विकास बैंकको नाफा ४८.४६ प्रतिशतले बढ्यो

महालक्ष्मी विकास बैंकको नाफा ४८.४६ प्रतिशतले बढ्यो

540
Shares

काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडले  आज सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक प्रतिवेदनअनुसार बैंकले आफ्नो नाफा ४८.४६ प्रतिशतले बढेको छ ।
अघिल्लो आवमा ४२ करोड ४३ अलाख रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले समीक्षा अवधिसम्म भने ६२ करोड ९९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।

बैंकको खुद ब्याज आम्दानी १०.६९ प्रतिशतले बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी २३ करोड ४ लाख, खुद सञ्चालन आम्दानी २ अर्ब १७ करोड र सञ्चालन मुनाफा ९३ करोड ७९ लाख रहेको छ ।

वितरणयोग्य मुनाफा समेत ४४ करोड ५५ लाख रुपैयाँबाट बढेर ४६ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।  बैंकको लाभांश क्षमता भने १०.३७ प्रतिशतबाट घटेर १०.३१ प्रतिशतमा सीमित बनेको छ ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) भने ९.८८ प्रतिशतबाट बढेर १३.९६ प्रतिशत पुगेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ १६५.४२ रुपैयाँ, तरलता अनुपात २७.३५ प्रतिशत, मूल्य आम्दानी अनुपात २४.७८ गुणा र आरओई ८.६६ प्रतिशत कायम भएको छ ।

बैंकको निष्कृय कर्जा भने ४.९८ प्रतिशतबाट बढेर ६.३२ प्रतिशत पुगेको छ । इम्पेयरमेन्ट चार्ज भने ५१ करोड ७३ लाखबाट घटेर ३१ करोड ५६ लाखमा सीमित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij