२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अर्थमन्त्रीले राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसंग छलफल गर्दै

अर्थमन्त्रीले राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसंग छलफल गर्दै

535
Shares

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका सबै कार्यकारी निर्देशकहरूसँग विशेष छलफल गर्ने भएका छन्। देशको वर्तमान वित्तीय अवस्था, मौद्रिक नीतिको कार्यान्वयन र अर्थतन्त्रका समग्र चुनौतीहरूका विषयमा केन्द्रित रहेर उक्त छलफल हुन लागेको हो। मौद्रिक उपकरणहरूको प्रत्यक्ष कार्यान्वयन गरिरहेका र वित्तीय क्षेत्रको सूक्ष्म ज्ञान भएका केन्द्रीय बैंकका उच्च अधिकारीहरूसँग अर्थमन्त्रालयमा यस प्रकारको छलफल हुन लागेको सम्भवतः पहिलो पटक हो।

यसअघि केन्द्रीय बैंकका गभर्नर र डेपुटी गभर्नरहरूसँग नियमित परामर्श हुँदै आएकोमा, उनीहरूकै सल्लाह र समन्वयमा कार्यकारी निर्देशकहरूलाई समेत समेटेर यो विस्तारित छलफल आयोजना गरिएको हो।

छलफल आज बिहान ९:१५ बजे अर्थ मन्त्रालयको सुवर्ण हलमा सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij