२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सामुदायिक र सञ्जीवनी लघुवित्तबीच मर्जर सम्झौता

सामुदायिक र सञ्जीवनी लघुवित्तबीच मर्जर सम्झौता

1K
Shares

काठमाडौं- सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्ने तथा गाभिने (मर्जर) सम्झाैता भएको छ।

आज दुवै संस्थाबीच मर्जर प्रयोजनका लागि प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो। सामुदायिक लघुवित्तले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्राचार गर्दै मर्जर प्रक्रिया सुरु भएको जानकारी गराएको छ।

मर्जर प्रक्रिया सम्पन्न भई सम्बन्धित साधारणसभाबाट आवश्यक निर्णय नहुँदासम्म आधारभूत (संस्थापक) सेयरधनीको सेयर कारोबार रोक्का गरिदिन नेप्सेलाई पत्र लेखिएको कम्पनीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij