काठमाडौं- नेपाली बजारमा साउन १७ गते, आईतबार, सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला एक हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला ४५ रुपैयाँले घटेकोे हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार चाँदी प्रतितोला चार हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij