२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

675
Shares

काठमाडौँ- बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै गर्दा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी छिन् ।

कैलालीको गौरीगङ्गा नगरपालिका–१ चैमाला घर भई हाल गोदावरी नगरपालिका–८ स्याउले बस्ने निर्मला साउद कतार एयरवेजबाट नेपाल आउने क्रममा पक्राउ परेकी हुन् ।

अध्यागमन कार्यालयको विद्युतीय प्रणालीमा ‘कालोसूची’ मा देखिएपछि सक्कल राहदानीसहित उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको जिम्मा लगाइएको थियो ।

निजलाई आज कारबाहीका लागि कैलालीको मालाखेतीस्थित इलाका प्रहरी कार्यालय पठाइएको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij