विराटनगर- सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्जको घटनाको विषय लिएर उत्पन्न विवाद साम्य नभएपछि जिल्ला प्रशासन कार्यालयले आज पुनःकर्फ्यु आदेश जारी गरेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालको हस्ताक्षरित सो विज्ञप्तिमा आज अपराह्न ३ बजेदेखि अनिश्तिकालीन कर्फ्यु आदेश गरिएको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) बमोजिम सुनसरी जिल्लामा पर्ने महेन्द्रराजमार्गको देहायका चार किल्ला तथा इनरुवा बजार क्षेत्र सिमानाभित्र कसैले पनि आवतजावत गर्न तथा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी अनिश्तिकालीन कर्फ्यु आदेश जारी भएको हो ।
कर्फ्यु आदेश भएको क्षेत्र पूर्वमा पकली चोकसम्म, पश्चिममा कोशी ब्यारेजको पुलसम्म तथा उत्तर र दक्षिण महेन्द्रराजमार्गको २०० मिटर क्षेत्रसम्ममा कर्फ्यु लगाइएको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij