काठमाडौं– साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६४ अकंले घटेर २६९६.६७ बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको १ करोड ४ लाख २१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड ७३ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ४ उपसूचकमा सामान्य सुधार देखिएको छ भने ९ उपसूचक राताम्य भएका छन् । आज ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६६ कम्पनीको घटेको छ । १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्सको कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २१ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोलु हाइड्रोपावरको १९ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij