२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से ३३.२८ अकंले घट्यो, ६ अर्ब ७ करोडको कारोबार

नेप्से ३३.२८ अकंले घट्यो, ६ अर्ब ७ करोडको कारोबार

565
Shares

काठमाडौं –  साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.२८ अकंले घटेर २७०१.३२ बिन्दुमा कायम भएको छ । आज ३५९ कम्पनीको १ करोड ३९ लाख १३ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७ करोड १८ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन २ उपसूचकमा मात्रै सुधार देखिएको छ । आज वाणिज्य बैंक समूह र म्युचुअल फण्ड समूहको शेयर मूल्यमा सामान्य सुधार देखिएको हो । अन्य ११ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूह ०.१० प्रतिशत बढ्यो । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.३० प्रतिशत घट्यो ।

त्यस्तै व्यापार २.२३, होटल तथा पर्यटन २.२२ प्रतिशत घटे । विकास बैंक १.८२, फाइनान्स ०.७०, जलविद्युत् १.९०, लगानी ०.७०, जीवन बीमा १.२५, माइक्रोफाइनान्स १.२७, निर्जीवन बीमा १.२१ तथा अन्य १.६९ प्रतिशत घटे ।

सोमबार ३६ कम्पनीको शेयर मूल्य बढेको छ भने २३४ कम्पनीको घटेको छ । यसदिन ५ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको २८ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २२ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij