काठमाडौँ – सिद्धार्थ बैंकका ग्राहकहरूले अब पोखरास्थित बर पीपल रिसोर्टमा विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। यसका लागि सिद्धार्थ बैंक र बर पीपल रिसोर्टबीच बैंकका ग्राहकलाई विशेष छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको बैंकले जनाएको छ।
सम्झौताअनुसार पोखराको लेकसाइडस्थित बर पीपल रिसोर्टमा बैंकको डेबिट वा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। त्यसैगरी सिद्धार्थ नारी डेबिट कार्ड तथा प्लाटिनम क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्ने ग्राहकले १५ प्रतिशतसम्म छुट सुविधा पाउनेछन्।
बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई आकर्षक छुटको सुविधा प्रदान गर्नुका साथै नगद कारोबारको सट्टा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
यस योजनासम्बन्धी थप जानकारीका लागि ग्राहकहरूले बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मार्फत सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij