२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता

ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता

615
Shares

कुवेत सिटी, कुवेत- कुवेतको सरकारी स्वामित्वको पेट्रोलियम कम्पनीले विशाल अन्तर्राष्ट्रिय निजी इन्धन कम्पनीहरू ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग १६ अर्ब डलरको पाइपलाइन पूर्वाधार सम्झौता गरेको कम्पनीले शनिबार जानकारी गराएको छ ।

कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी) ले आफ्नो तेल सहायक कम्पनीले अन्तर्राष्ट्रिय कम्पनी तथा फर्मसँग ‘सम्पूर्ण घरेलु र निर्यात पाइपलाइन सञ्जाल’ विस्तारका लागि ठेक्कापट्टा सम्झौता गरेको बताएको छ ।

यो लगानी इरानी आक्रमण र ऊर्जा निर्यातका लागि महत्त्वपूर्ण जलमार्ग हर्मुज जलसन्धि बन्द भएपछि हाइड्रोकार्बनका लागि धनी खाडी राष्ट्रहरूले आफ्नो उत्पादन बढाउन दौडिरहेका बेला आएको हो।

दुई दशकभन्दा बढी अवधिको यो सम्झौताअन्तर्गत न्यूयोर्कस्थित ब्ल्याकस्टोन, क्यानडाको ब्रुकफिल्ड र अमेरिकी लगानीकर्ता केकेआर नेतृत्वको कन्सोर्टियमले कुवेतको ३२० किलोमिटर (१९९ माइल) पाइपलाइन सञ्जालको ४९ प्रतिशत हिस्सा लिनेछ भने कुवेती कम्पनीले ५१ प्रतिशत कायम राख्नेछ।

संयुक्त उद्यम ‘कुवेतको इतिहासको सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी हो र हाम्रो देशको आर्थिक विकासको निर्णायक कोशेढुङ्गा हो,” कुवेत पेट्रोलियम कर्पोरेसनका प्रमुख कार्यकारी नवाफ साउद अल–सबाहले भन्नुभयो ।

तीन बहुराष्ट्रिय कम्पनीहरूको लगानी संलग्नताले ‘कुवेतको लचिलोपन, कुबेती पेट्रोलियम कर्पोरेसनका सम्पत्तिको गुणस्तर र देशको ऊर्जा क्षेत्रप्रतिको कुबेत सरकारको दीर्घकालीन दृष्टिकोणमाथि विश्वास झल्काउँछ,” उहाँले भन्नुभयो ।

यो सम्झौताबाट कुवेत आयल कम्पनी (केओसी) लाई अग्रिम रूपमा ७.८५ अर्ब डलर प्राप्त हुने अपेक्षा गरिएको छ । कम्पनीले सन् २०३५ सम्म कच्चा तेल उत्पादन क्षमता दैनिक ४० लाख ब्यारेल पुर्‍ याउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij