२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

गण्डकी प्रदेशमा एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी प्रदेशमा एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

490
Shares

गण्डकी- गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक हजार १८० हेक्टरमा फलफूलखेती सुरु गरिएको छ ।

भारतलगायत अन्य मुलुकबाट आयात हुने फलफूललाई प्रतिस्थापन गर्ने उद्देश्यले सन् २०२९ सम्म ३४ स्थानीयस्तरमा छ हजार १८० रोपनी जग्गामा सुन्तला, स्याउ, कागती, किबी, ओखर, एभोकाडो र मेकाडेमियालगायत फलफूल खेती विस्तार गरिने भएको हो ।

प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गत आयोजना कार्यान्वयन एकाइका कृषि अर्थ विज्ञ मनोज पौडेलले नवलपुरबाहेक १० जिल्लाका विभिन्न स्थानीय तहमा आयोजना सञ्चालन गरिने बताए ।

नेपाल सरकार र एसियाली विकास बैंकको अनुदान सहयोग रहेको उक्त आयोजनाका लागि चालु आवमा रु ३० करोड बजेट विनियोजन भएको छ ।

मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए, “चालु आवका लागि प्रस्ताव मागको तयारी भइरहेको छ, छिट्टै सूचना प्रकाशन हुन्छ”, उनले भने, “समूह, सहकारी या कृषि फार्मले आवदेन दिन मिल्छ ।”

पहाडी भेगमा जग्गाको मापदण्ड धेरै हुँदा प्रस्ताव कम परेपछि न्यूनतम १० रोपनी कायम गर्नेगरी कार्यविधि परिमार्जनको तयारी भइरहेको बताइन्छ ।

यसअघि आयोजनामा समावेश हुन न्यूनतम २० रोपनी जग्गा चाहिने प्रावधान थियो । फलफूलखेतीका लागि बिउबिजन, सिँचाइ, यान्त्रिकीकरण आदिमा ५० प्रतिशत अनुदान दिने गरिएको छ । कार्यविधिअनुसार मापदण्ड पु¥याएर आउने कृषि समूह, सहकारी र कृषि फार्मले अनुदान पाउने गरेका छन् ।

क्षेत्रफल र फलफूल बालीअनुसार अनुदान फरकफरक रहेको मन्त्रालयले जनाएको छ । बागवानी क्षेत्र व्यवस्थापनसँगै किसानलाई व्यावसायिक फलफूलखेतीतर्फ आकर्षिक गर्न यस आयोजनाबाट टेवा पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij