२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तीनवटा संसदीय समितिको बैठक बस्दै

तीनवटा संसदीय समितिको बैठक बस्दै

475
Shares

काठमाडौँ- सङ्घीय संसद् मातहतका तीनवटा समितिको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आर्थिक वर्ष २०८३÷८४ को वार्षिक कार्ययोजना तयारीका सम्बन्धमा छलफल हुने कार्यक्रम छ । सो समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ । बैठकमा अभिमुखीकरण कार्यक्रमका सम्बन्धमा छलफल हुनेछ ।

सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षाका सम्बन्धमा छलफल हुनेछ । समितिको बैठक अपराह्न २ः३० मा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij