काठमाडौं – मकालु वाइन इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । आईपीओ जारी गर्ने प्रस्तावलाई मुख्य एजेन्डा बनाउँदै विशेष साधारणसभा आह्वान गरेको छ।
कम्पनीको सञ्चालक समितिको साउन ६ गते बसेको सञ्चालक समितिको बैठकले यही साउन २३ गते शनिबार बिहान ११ बजे इटहरीस्थित सोल्टी वेस्टेन्ड इटहरीमा विशेष साधारण सभा आह्वान गरेको हो ।
सभामा कम्पनीको जारी पूँजीको २० प्रतिशतबराबर ९० लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्ने विशेष प्रस्ताव पेश गरिनेछ।
साथै, जगेडा कोषमा रहेको संस्थापक शेयर प्रिमियम मूल्यमा जारी गर्ने, अख्तियारीसम्बन्धी प्रस्ताव तथा विविध विषयमा समेत छलफल गरी आवश्यक निर्णय गरिने कम्पनीले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij