काठमाडौं – बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४.१७ अंकले बढेर २७२६.७२ को विन्दुमा कायम भएको छ । १ करोड ७७ हजार २२२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ६९ करोड ३४ लाख बढीको सेयर कारोबार भएको छ ।
आज १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज रिलायन्स स्पिनिङ्ग मिल्स, आँखुखोला जलविद्युत कम्पनी, रिडी पावर कम्पनी, सोलु हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड,
कर्पारेट डेभलपमेन्ट बैंक, बुंगल हाइड्रोपावर, श्रीनगर एग्रिटेक इण्डष्ट्रिज, एसवाई प्यानल लिमिटेड र नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर सर्वाधिक कारोबार भएको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij