२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेप्से १४.१७ अकंले बढ्यो, ४ अर्ब ६७ करोडको कारोबार

नेप्से १४.१७ अकंले बढ्यो, ४ अर्ब ६७ करोडको कारोबार

715
Shares

काठमाडौं – बिहीबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.१७ अकंले बढेर २७२६.७२ बिन्दुमा कायम भएको छ । आज ३३८ कम्पनीको १ करोड ५२ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ६१ लाख रुपैलयाँको कारोबार भएको हो ।

यसदिन ११ उपसूचकमा सुधार देखिएको छ भने २ समूहको शेयर मूल्य घटेको हो । आज १५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीको घटेको छ । १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको २७ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको २४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij