२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

छिमेक लघुवित्तको संस्थापक शेयर विक्रीमा

छिमेक लघुवित्तको संस्थापक शेयर विक्रीमा

775
Shares

काठमाडौं -छिमेकी लघुवित्त वित्तीय संस्था लिले संस्थापक शेयर सर्वसाधारणका लागि विक्री खुला गरेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ४ हजार ४१४ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

उक्त परिमाणको शेयर खरिदका लागि अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि असार २ गतेबाट विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको शेयरमा संस्थापक शेयरधनीबाट कुनै आवेदन नपरेकाले सर्वसाधारणका लागि शेयर बिक्री गर्न लागिएको हो ।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ तोकिएको छ । शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij