२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक ७.२५ अंकले बढ्यो, ६ अर्ब ६७ करोडको कारोबार

नेप्से परिसूचक ७.२५ अंकले बढ्यो, ६ अर्ब ६७ करोडको कारोबार

680
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२५ अकंले बढेर २७२६.४९ बिन्दुमा कायम भएको छ ।  यस दिन सेन्सेटिभ इण्डेक्स ०.१८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१९ अंक बढेको छ। सेन्सेटिभ फ्लोट इण्डेक्स भने यस दिन स्थिर रहेको छ।  आज ३४३ कम्पनीको १ करोड ४९ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६७ करोड १० लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ५ उपसूचकमा सुधार देखिएको छ भने ८ उपसूचक घटेका छन् । मंगलबार १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने १६२ कम्पनीको घटेको छ । १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै रिडी पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५५ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युतको ३१ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको २७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij