२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दुई सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो

दुई सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो

705
Shares

काठमाडौँ- कृषि, वन तथा पर्यावरण मन्त्रालयले धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मलको आपूर्ति निरन्तर भइरहेको जनाएको छ ।

मन्त्रालयका अनुसार आज २५० मेट्रिकटन डिएपी मल विराटनगर भन्सार आइपुगेको छ । यस्तै, एक हजार, २५० मेट्रिकटन डिएपी बोकेको अर्को रेल र्‍याक मङ्गलबार रक्सौल आइपुग्नेछ ।

यस्तै, कोलकाताबाट थप दुई हजार ५०० मेट्रिकटन डिएपी बोकेको अर्को रेल र्‍याक पनि नेपालतर्फ प्रस्थान गरिसकेको कृषि मन्त्री गिता चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार ३० हजार मेट्रिकटन युरिया मल ढुवानीको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij