२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बेलायतको प्रधानमन्त्रीमा एन्डी बर्नह्याम नियुक्त

बेलायतको प्रधानमन्त्रीमा एन्डी बर्नह्याम नियुक्त

590
Shares

काठमाडाैं – लेबर पार्टीका नेता एन्डी बर्नह्याम बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन्। विगत एक दशकमा बेलायतको प्रधानमन्त्री बन्ने बर्नह्याम सातौं व्यक्ति हुन्।

प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै उनले जनताका मुख्य सरोकारका विषयहरू, जस्तै आकासिँदो जीवनयापन लागत (महँगी) को संकट र कमजोर जनसेवाका क्षेत्रहरूमा बढी ध्यान केन्द्रित गर्ने प्रतिवद्धता जनाएका छन्।

शृङ्खलाबद्ध चुनावी पराजय र विवादहरूका कारण किअर स्टार्मरले पदबाट राजीनामा दिएपछि ‘किङ अफ द नर्थ’ भनेर चिनिने एन्डी बर्नह्याम साेमबार प्रधानमन्त्री बनेका हुन् ।

उनी र निवर्तमान प्रधानमन्त्री स्टार्मर दुवै मध्य-वामपन्थी लेबर पार्टीका हुन्। बेलायतको संसदीय व्यवस्था अनुसार, सत्तारूढ दलले आम निर्वाचन बिना नै कार्यकालको मध्यमा आफ्नो नेता परिवर्तन गर्न सक्छ।

५६ वर्षीय बर्नह्याम ‘ग्रेटर म्यानचेस्टर’का पूर्व मेयर हुन्, जहाँ उनले क्षेत्रीय हितको बलियो वकालत गरेबापत “किङ अफ द नर्थ” (उत्तरका राजा) को उपनाम पाएका थिए। सन् २००१ देखि २०१७ सम्म सांसद रहेका उनीसँग टोनी ब्लेयर र गोर्डन ब्राउनको सरकारमा मन्त्रीको रूपमा काम गरिसकेको लामो राजनीतिक अनुभव छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij