काठमाडौं– साताको पहिलो कारोबार दिन सेयबजारमा उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.५५ प्रतिशत अर्थात ४१.७० अंकले बढेर २ हजार ७१९.२७ विन्दुमा पुगेको छ।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका १२ वटा समूह बढेका छन् भने एउटा समूह घटेको छ। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ३.२१ प्रतिशतले बढ्दा म्युचुअल फन्ड समूह ०.०२ प्रतिशतले घटेको छ।
आज ३४३ कम्पनीको १ करोड २२ लाख ३१ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५० करोड ३५ लाख रुपैयाँको कारोबार भएको हो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij