२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक ४१.७० अंकले बढ्यो, ५ अर्ब ५० करोडको कारोबार

नेप्से परिसूचक ४१.७० अंकले बढ्यो, ५ अर्ब ५० करोडको कारोबार

700
Shares

काठमाडौं– साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१.७० अकंले बढेर २७१९.२४ बिन्दुमा कायम भएको छ । सेन्सेटिभ इण्डेक्स ४.२२ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४६ अंक बढेको छ। आज ३४३ कम्पनीको १ करोड २२ लाख ३१ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५० करोड ३५ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १२ उपसूचकमा हरियाली आएको छ । आज वाणिज्य बैंक समूहको ०.५५ प्रतिशत, विकास बैंक समूहको १.४८ प्रतिशत, फाइनान्स समूहको ०.९३ प्रतिशतले शेयर मूल्य बढेको छ । सोमबार २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ । ५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको २४ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको२० करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij