२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अभौतिक मुद्राको कारोबार गर्ने एक जना पक्राउ

अभौतिक मुद्राको कारोबार गर्ने एक जना पक्राउ

495
Shares

चितवन- अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा कालिका नगरपालिका–४ का ४४ वर्षीय नारायण श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभुसन यादवका अनुसार पक्राउ परेका श्रेष्ठको खातामा अमेरिकन डलर ३३ हजार १५० दशमलव ३३ अर्थात् नेपाली रु ५० लाख ९८ हजार १८९ दशमलव २५ रहेको भेटिएको छ । उनको साथबाट एक थान मोबाइलसमेत बरामत गरिएको छ । बरामत गरिएको मोबाइल एपमा रहेको रु दुई लाख ९७ हजार ६२९ र उक्त खातामा रहेका रु १३ लाख ८२ हजार २० समेत प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका श्रेष्ठलाई अभौतिक मुद्रा सञ्चय तथा कारोबार र अनलाइन सट्टेबाजी कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij