२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा ई–टिकेटिङ सेवाको परीक्षण

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा ई–टिकेटिङ सेवाको परीक्षण

445
Shares

काठमाडौँ- सबै सरकारी सेवाहरू डिजिटलमैत्री बनाउने सरकारको लक्ष्यअनुसार शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा ई–टिकेटिङ सेवाको सफल परीक्षण गरिएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयको पहलमा निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यका साथ आज ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको हो । परीक्षण सफल भएपछि आगामी हप्तादेखि पानीमुहान र नागार्जुन प्रवेशद्वारबाट औपचारिक रूपमा ई–टिकेटिङ सेवा सञ्चालन गरिने निकुञ्जले जनाएको छ ।

उक्त कार्यक्रमलाई चरणबद्ध रूपमा विस्तार गर्दै मन्त्रालयको सहयोगमा आवश्यक पूर्वाधार, जस्तै कम्प्युटर, थर्मल प्रिन्टर, क्युआर स्क्यानरलगायतका उपकरण उपलब्ध गराइनेछ । विद्युत् तथा इन्टरनेट सुविधा पुगेका अन्य प्रवेशद्वार र चेकपोष्टहरूमा समेत ई–टिकेटिङ सेवा क्रमशः विस्तार गरिने योजना रहेको छ ।

मन्त्री गीता चौधरीका अनुसार मन्त्रालयले आगामी छ महिनाभित्र देशभरका सबै राष्ट्रिय निकुञ्ज तथा आरक्षहरूमा ई–टिकेटिङ सेवा सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । उक्त प्रणाली लागू भएपछि पर्यटक प्रवे

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij