काठमाडौं – कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय अवस्था सार्वजनिक गरेको छ । गत आवको असार मसान्तसम्म बैंकले ८९ करोड ४१ लाख ७८ हजार १२६ रूपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लोआवको सोही अवधिमा बैंकको नाफा ६६ करोड ९७ लाख ५१ हजार ३२३ रूपैयाँ रहेको थियो । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३३. ५० प्रतिशतले धेरै हो ।
बैंकको खुद ब्याज आम्दानी ३.९८ प्रतिशतले बढेर २ अर्ब ४१ करोड ८ लाख २ हजार रूपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ३१ करोड ८४ लाख ९४ हजार रूपैयाँ थियो ।बैंकको सञ्चालन नाफा ३२.८७ प्रतिशतले बढेर १ अर्ब ३८ करोड २५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा १ अर्ब ४ करोड ४ लाख ८७ हजार रुपैयाँ रहेको थियो ।
बैंकको प्रतिसेयर आम्दानी ३.६७ रुपैयाँले बढेर २२.७५ रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर नेटवर्थ १७१.०१ पैसा छ । चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब १४ करोड १३ लाख रुपैयाँ छ । बैंकले ६६ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेको ५५ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ६० करोड ११ लाख १० हजार रुपैयाँ रहेको छ । बैंकको लाभांश दिने क्षमता १५.१६ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा १६.७४ प्रतिशत रहेको थियो । असार मसान्तसम्म बैंकको इम्पेरमेन्ट चार्ज ४१ करोड ८१ लाख ३१ हजार रुपैयाँबाट घटेर १३ करोड ६५ लाख ४८ हजार रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ३.४९ प्रतिशतबाट बढेर ३.७७ प्रतिशत पुगेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij