२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

तीन महिनामा तीन हजार ३४७ विपद्का घटना, १६३ को मृत्यु, नौ सय बढी घाइते

तीन महिनामा तीन हजार ३४७ विपद्का घटना, १६३ को मृत्यु, नौ सय बढी घाइते

545
Shares

काठमाडौँ- पछिल्लो तीन महिनामा मुलुकभर तीन हजार ३४७ विपद्का घटना भएका छन् । ती विपद्बाट १६३ जनाको मृत्यु भएको छ भने ९७२ जना घाइते भएका छन् । विपद्बाट चार हजार ४७३ घर परिवार प्रभावित बनेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि आजसम्म सबैभन्दा बढी सर्पदंशका घटना भएका छन् । सर्पदंशका कारण ३९ जनाको मृत्यु भएको छ । यस्तै चटयाङ्बाट २५, लोक लागेर २१, आगलागी र जनावरको आक्रणबाट १७÷१७, हुरीबतासबाट १३, पहिरोबाट १२, बाढीबाट १० र भारी वर्षाका कारण चार जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ४५ विपद्का घटनामा परी तीन जनाको मृत्यु तथा २५ जना घाइते भएका छन् । विपद्बाट रु १२ लाख २७ हजार बराबरको क्षति भएको प्राधिरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij