२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चितवनमा एक वर्षमा २२ गैँडाको मृत्यु

चितवनमा एक वर्षमा २२ गैँडाको मृत्यु

460
Shares

चितवन- चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा २२ वटा गैँडा मरेका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा निकुञ्ज क्षेत्रमा २० वटा र राष्ट्रिय वन क्षेत्रमा दुई वटा गैँडा मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार दुई वटा गैँडा करेन्ट लागेर मरेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन् । चितवनको माडी र नवलपरासी सुस्तापूर्वको लोकाहा खोला नजिकै करेन्ट लागेर गैँडा मरेको जनाइएको छ ।

साथै माडीमा मध्यवर्ती क्षेत्र र नवलपरासीमा राष्ट्रिय वन क्षेत्रमा गैँडा करेन्ट लागेर मरेका छन् । अन्य गैँडा दलदलमा फसेर, जुधेर, बच्चालाई बाघले खाएर, बुढो भएरजस्ता कारणले मरेको उहाँले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०८१/८२ मा ३० वटा गैँडा प्राकृतिक कारणले मरेका थिए । जसमध्ये दुईवटा राष्ट्रिय वन क्षेत्रमा मरेका हुन् भने अन्य निकुञ्ज र मध्यवर्ती क्षेत्रमा मरेका हुन् । सन् २०२१ को गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वयस्क गैँडा थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij