२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थसचिवको उपस्थितिले झनै राम्रो भएको छः गभर्नर पौडेल

राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थसचिवको उपस्थितिले झनै राम्रो भएको छः गभर्नर पौडेल

595
Shares
ललितपुर, ३२ असारः नेपाल राष्ट्र बैंकका गभर्नर प्रा डा पौडेल मन्तव्य नेपाल राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेल ललितपुरको कुपोण्डोलमा बिहीबार पूर्व योजनाकार मञ्च नेपालले आयोजना गरेको मौद्रिक नीति २०८३/८४ सम्बन्धी नीतिगत छलफल कार्यक्रममा मन्तव्य राख्नुहुँदै। तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थसचिवको उपस्थितिले राष्ट्र बैंकको काम कारबाहीमा कुनै अप्ठ्यारो नपारेको स्पष्ट पार्नुभएको छ ।

प्रतिनिधिसभाको अर्थसमितिले आज सिंहदरबारमा आयोजना गरेको नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफल कार्यक्रममा बोल्दै गभर्नर पौडेलले अर्थसचिवको उपस्थितिले राष्ट्र बैंकलाई अप्ठ्यारोभन्दा झनै राम्रो गराइरहेको स्पष्ट पार्नुभएको छ ।

“नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थसचिवको उपस्थितिले राष्ट्र बैंकको काम कारबाहीलाई झनै राम्रो बनाइरहेको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म हाम्रो अनुभवमा अर्थसचिवको सञ्चालक समितिमा भएको उपस्थितिले हस्तक्षेप भएको हामीले पाएका छैनौँ ।”

गभर्नर पौडेलले राष्ट्र बैंकको काम कारबाही गर्न र सञ्चार गर्नका लागि भने झनै सरल भएको अनुभव गरेको बताउनुभयो । नेपाल राष्ट्र बैंकको काम कारबाहीमा नेपाल सरकारको स्वीकृति लिनका लागि सहज भएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij