२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्रोत नखुलेको ५५ लाख ९० हजारसहित दुई जना पक्राउ

स्रोत नखुलेको ५५ लाख ९० हजारसहित दुई जना पक्राउ

535
Shares

काठमाडौँ – डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद रु ५५ लाख ९० हजारसहित दुई जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरीकक्षका अनुसार नगरपालिका–७ छलका ३२ वर्षीय विष्णुलाल रोकाय र ४२ वर्षीय भक्तिचन्द्र रोकायलाई उक्त रकमसहित पक्राउ गरिएको हो ।

दुनैबाट छलतर्फ मोटरसाइकलमा गइरहेका उनीहरूलाई नियमित गस्तीमा रहेको प्रहरी टोलीले बुधबार पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij