काठमाडौं – भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक निकायमा कार्यरत कर्मचारीलाई कार्यालय समयमा तोकिएको पोसाक र परिचयपत्र अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन दिएको छ।
मन्त्रालयले राष्ट्रिय सतर्कता केन्द्रको पत्रका आधारमा सबै मन्त्रालय, आयोग, सचिवालय, प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्थानीय तहलाई परिपत्र गर्दै राष्ट्रसेवक निजामती कर्मचारीले नेपाल सरकारले निर्धारण गरेको किसिम र रङको पोसाक तथा सम्बन्धित कार्यालयबाट जारी परिचयपत्र अनिवार्य रूपमा लगाउने व्यवस्था गर्न आग्रह गरेको हो।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij